पर्वत – नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते पर्वतमा सम्पन्न भएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्वर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि सन्तोष थापाले समीक्षा कार्यक्रममा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि एवं पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले राज्य पुग्न नसकेको स्थानमा पनि इन्सेक पुगेर मानवअधिकार उल्लंघनका घटनामा खबरदारी गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा गौतमले पछिल्लो समयमा घरेलु हिंसाका घटनाहरु बढ्दै गएको तितो यथार्थ माथि औल्याउँदै सामाजिक सचेतनामा परिवर्तन आउन नसक्नु र मदिरा सेवन नै घरेलु हिंसा कारक बनेको बताउनुभयो ।
कार्यक्रममा पर्वत जिल्ला अदालतका तहसिलदार नन्दप्रसाद आचार्यले मानवअधिकार घटना अनुगमन तथा तथ्याङक प्रलेखिकरणले इन्सेकले गरेका कार्य जिल्लागत अबस्थथाा थाहा पाउनका लागि अत्यन्तै सान्दार्भिक रहेको बताउनुभएको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्वतका महिला बालबालिका सेवा केन्द्रका इञ्चार्ज असई विराज ढकालले दलित समुदायमा घरेलु हिंसा सम्बन्धि घटनाहरु बढी देखिएका कारण सचेतनामुलक कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले स्थानीयस्तरमा गठित न्यायिक समिति प्रभावकारी बन्न नसकेको गुनासो गरेका थिए ।
इन्सेक प्रतिनिधि सन्तोष थापाद्वारा प्रस्तृत प्रतिवेदनमा गैरन्यायिक गिरफ्तारीका ४ वटा कुटपिट धम्कीका ३ वटा, बालिका यौन दुव्र्यबहारका ५ वटा, बालिका बलात्कारका ५ वटा, महिला बलात्कारका १, घरेलु हिंसाका १६, आत्महत्या दुरुत्साहानका १ र हत्या सम्बन्धि एक घटना गरी ३६ वटा घटना सार्वजनिक गर्नुभएको थियो ।