काठमाडौं : प्रधानमन्त्री केपी ओलीले ११ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गरेका छन् । ओली निकट केन्द्रीय सदस्यहरुको मंगबलार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
नेकपाको केन्द्रीय कमिटीमा ४४६ जना छन् । त्यसमा तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा गरेका हुन् ।ओलीले आफूले पार्टी नफुटाउने जिकिर गरेका छन्। उनले अर्का नेता प्रचण्डलगायत कुनै पनि नेताहरुलाई कारबाही नगर्ने बताएका छन्।
बैठकमा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी छन्।
सरकारले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली र प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन्।