पर्वतको फलेवासमा दुई जना कोरोना संक्रमित थपिए - News site from Nepal
पर्वतको फलेवासमा दुई जना कोरोना संक्रमित थपिए

पर्वत- पर्वतको फलेवास नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो । ३० वर्षिया महिला र २७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनिहरु दुवै जना कन्ट्राक्ट ट्रेसिङवाट पहिचान भएका हुन । दुवै जनालाई आईशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।
यो सँगै पर्वतमा संक्रमितको संख्या २ सय ८१ पुगेको छ भने गण्डकी प्रदेशमा ११ हजार १३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!