पर्वत- १९ वर्षिया युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा पर्वतको मोदीका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेका ३२ वर्षिय दिपक परियार रहेका छन् ।
मंसिर २ गते राती १० बजेको समयमा मोदी गाउँपालिकाको भुकताङ्लेमै स्थानीय १९ वर्षिया युवतीलाई जवरजस्ती करणी गरको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
करणी गरेको भन्ने सुचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रदिप पौडेलको नेतृत्वमा गएको प्रहरीको टोलीले उनलाई गाउँवाटै पक्राउ गरेको हो । आरोपित परियार विरुद्ध पिडित युवतीकी आमाले जवरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त पेश गरेपछि जबरजस्ती करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिनुभएको छ । जिल्ला अदालतवाट शुक्रवार पहिलो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको समेत उहाँले बताउनुभयो ।