पर्वत- पर्वतमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो ।
कुश्मा नगरपालिका वडा नं. १ का ४० वर्षिय एक पुरुष, वडा नं. ५ का ५२ वर्षिय पुरुष र वडा नं. ११ का ५५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनिहरु तीनै जना कन्ट्राक्ट टे्रसिङवाट पहिचान भएका हुन् । सवै जनालाई नजिकको आइशोलेशनमा व्यवस्थापन गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो सँगै पर्वतका कोरोना संक्रमितको संख्या हालसम्म ३ सय ३६ पुगेको छ भने हालसम्म ३ सय ८ जना निको भैसकेका छन् । अब सक्रिय संक्रमितको सख्ंया २८ जना रहेको निर्देशनालयले जनाएको छ ।