कोरोना संक्रमणवाट पर्वतको मोदीका एक बृद्धको मृत्यु - News site from Nepal
कोरोना संक्रमणवाट पर्वतको मोदीका एक बृद्धको मृत्यु

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका एक बृद्धको कोरोना संक्रमणवाट मृत्यु भएको छ । तिलाहारका ६१ वर्षिय पुरुषको आज विहान १० बजे मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारका क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उहाँमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोसँगै मृतक बृद्धमा निमोनिया लगायतका समस्या समेत रहेको निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतमा मृतकको संख्या २ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!