नेकपा सांसदहरुले आज बिहानै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको खुलासा - News site from Nepal

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ।
नेकपाका ९० जना सांसद्हरुको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
उनीहरुले संविधानको धारा १०० को उपधारा ४ बमोजिम अविश्वास प्रस्ताव दर्ता गरेको जनाएका छन् । उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल व्रचण्डलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

अविश्वासको प्रस्ताव ल्याउँदा भावी प्रधानमन्त्रीको नामसहित प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डको नाम प्रस्ताव गरिएको हो। तर, संसद विघटन भइसकेकाले यो प्रस्ताव भने अब अलपत्र परेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!