पर्वत-पर्वतको कुस्मा नगरपालिका १० पिपलटारी स्थित गहतेपोखरा बाह्यि खोप केन्द्रलाई दुई कोठे पक्कि सुबिधा सम्पन्न शौचालय हस्तान्तरण गरिएको छ ।
सहयोगदाता लुम्विनी फाउण्डेसन नेपालका उपाध्यक्ष एवम् एनआरएनएका केन्द्रीय सल्लाहकार गोविन्द सुवेदीले कुस्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछोन पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी, पत्रकार सहित स्थानीयहरुको रोहोबरमा दुई बराबरको लागतमा बनेको शौचालयको चाबी हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै कुस्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले सहयोगदात सुवेदीले स्थानीय सरकारलाई ब्यक्तिगत रुपमा पूर्वाधारका संरचना निमाणर्मा सहयोग गरेको भन्दै प्रसंसा गर्नुभयो । कुस्मा नगरपालिका स्थानीय सरकार भएर पनि जिल्लामा संचालनमा रहेका संघ र प्रदेश सरकारका निकायहरुलाई नगरपालिकाल सहयोग गरेको सुनाउनुभयो ।
कार्यक्रममा बोल्दै सहयोगदाता गोविन्द सुवेदीले आफु सामान्य घुमघामको शिलशिलामा पिपलटारी स्वास्थ्य चौकी खोप केन्द्रमा पुग्दा शौचालय नभएको थाहा पाएपछि ब्यक्तिगत रुपमा निमाणर् गर्ने प्रतिवद्धता गरेअनुरुप आज सम्पन्न भएर हस्तान्तरण गरेको बताउनुभयो । उहाँले यो संरचना सहित खोप केन्द्रलाई अन्य स्वास्थ्य सामाग्रीहरु आवश्यक परेको अवस्थामा थप सहयोग गर्न तयार रहेको भन्दै यसलाई सही सदुपयोग गर्न सुझाब दिनुभयो ।
पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोविन्द पहाडीले जिल्ला अस्पतालको पूर्वाधार संरचना निमाणर्मा सुवेदीले गरको सहयोगप्रति आभार व्यक्त गर्दै थप सहयोगको अपेक्षा गर्नुभएको छ । कुस्मा नगरपालिका १० पिपलटारीका वडा सदस्य दिबाकर शर्मा तिबारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा समाजसेवी रामचन्द्र सुवेदी लगायतले बोल्नुभएको थियो ।
कुस्मानगरपालिकाले २ लाख ६३ हजार खर्चेर बाह्यिखोप केन्द्रको निर्माण गरेको थियो । सहयोग मार्फत निर्माण भएको उक्त शौचालयको निमाणर्को जिम्मा स्थानीय सुमन लामिछानेले लिनुभएको थियो ।