पर्वत- पर्वतमा आज थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दक्षिण पर्वतको पैंयुका तीन र कुश्मा नगरपालिकाका १ जना गरी चार जना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पैंयु गाउँपालिका ४ का दुई जना २६ र ६० वर्षका पुरुष तथा वडा नं. ५ का ५३ वर्षिया एक महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. ८ चुवाका ४६ वर्षिय पुरुषमा पुष्टि भएको हो । संक्रमित सवै कन्ट्राक्ट ट्रेसिङवाट पुष्टि भएका हुन् ।
उनिहरु सवैलाई आईसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो सँगै पर्वतमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।