पर्वत- पर्वतका ६ वटा स्थानीय तहमा आज एक दिनका लागि विद्युत सेवा कटौती गरिने भएको छ ।
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका अनुसार मोदी-कुश्मा ३३ केभी प्रशारण लाईनको मर्मत, सम्भार कार्यका लागि दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत सेवा कटौती हुने वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले जानकारी दिनुभयो ।
मोदी गाउँपालिका बाहेक कुश्मा, फलेवास नगरपालिका, जलजला, पैंयु, विहादी, महाशीला गाउँपालिकामा विद्युत सेवा कटौती हुने चौधरीले बताउनुभयो ।
विद्युत कटौती हूँदा उपभोक्तालाई पर्न जाने असरप्रति वितरण केन्द्रले क्षमा माग्दै मर्मत सम्भार सकिएपछि निर्धारित समय भन्दा अगावै लाईन सुचारु हुन सक्ने पनि जनाएको छ ।