श्रम र उत्पादनसँग नजोडिनेहरुको जमातले अब पार्टी चल्दैन- मन्त्री लम्साल - News site from Nepal

पर्वत- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले श्रम र उत्पादनसँग नजोडिनेहरुको जमातले अब पार्टी चल्न नसक्ने बताएका छन् ।
पर्वतका अगुवा कृषक तथा पर्वतको किसान आन्दोलनका दिवंगत अग्रज नेता शालिकराम तिमिल्सिना प्रति श्रद्धाञ्जली अर्पण गर्न पर्वतको लिमिठाना पुगेका मन्त्री लम्सालले उक्त कुरा बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगरपालिका वडा नं. ७ को वडा कमिटीले स्व. शालीकराम तिमिल्सिनाको निधनमा शुक्रकार आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले निर्वाहमुखी कामले अबको जीवन चल्न नसक्ने भन्दै सबैलाई व्यवसायिक बन्न आग्रह गरेका थिए । राजनीति व्यवसाय नभई सेवा भएकोले यसबाट मात्रै कार्यकर्ताको जीवन नचल्ने हुँदा आफ्नो जीवन चलाउन श्रम र उत्पादनसँग जोडिनै पर्ने कुरामा मन्त्री लम्सालको जोड रहेको थियो ।
पञ्चायतकाल देखिनै बामपन्थी आन्दोलनमा सक्रिय स्व. शालिकराम तिमिल्सिना एक कर्मठ, निष्ठावान र इमान्दार अगुवा कार्यकर्ता मात्र नभई मेहनती र परिश्रमी कृषक समेत रहेको मन्त्री लम्सालले बताएका थिए । फलेवास नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हरिराम रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा फलेवास नगरपालिकामा उपप्रमुख मञ्जु अधिकारी, कुश्मा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शिव पौडेल, फलेवास नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हरिराम रेग्मी, वडा नंं. ८ का वडा अध्यक्ष, मनबहादुर कुँवर, कार्यपालिका सदस्य केशा परियार, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य शारदा शर्मा लगायतका अन्य स्थानीय जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!