पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal
पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतमा थप पाँच जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा थप पाँच जनामा पुष्टि भएको हो ।
कुश्मा नगरपालिका वडा नं. १४ का एक ५८ वर्षिया महिला, पैंयु गाउँपालिका वडा नं. ४ का दुई जना ४१ र ६५ वर्षिय पुरुष, जलजला गाउँपालिका वडा नं. ४ की ७१ वर्षिया एक महिला तथा कुश्मा नगरपालिका वडा नं. १० का एक ५५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनिहरु सवै कन्ट्राक्ट टे्रसिङवाट पहिचान भएका हुन् ।
उनिहरु सवैलाई नजिकको आइशोलेशनमा व्यवस्थापन गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३ सय २६ पुगेको छ भने हालसम्म २८९ जना निको भैसकेका छन् भने संक्रिय संक्रमितको संख्या ३४ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!