पर्वत- पर्वतमा आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको कुश्मा नगरपालिकाका एक २२ वर्षका पुरुष, फलेवास नगरपालिकाका एक २१ वर्षिय पुरुष र पैंयु गाउँपालिकाका एक ८८ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या २ सय ७२ पुगेको पनि निर्देशनालयले जनाएको छ । संक्रमित सवैलाई आईशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।