पर्वत- राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेश तिमिल्सिनाले शुभ दीपावली र तिहार, नेपाल सम्वत् ११४१ र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूणर् नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सु-स्वास्थ्य, दिर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
नेपाली चाडपर्वहरूको आ-आफ्नै मौलिक, सामाजिक, सांस्कृतिक महत्व रहेको छ । पारिवारिक मिलन र सामाजिक सद्भावका लागि चाडपर्वले महत्वपूणर् भूमिका खेल्दै आएका छन् । सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सुत्रमा बाँधेर समाजलाई गतिशिल बनाउन हाम्रा पर्वहरूले महत्वपूणर् भूमिका खेलेको पाइन्छ ।
यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार पर्वमा पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप घर(घरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ । त्यसैगरी नेपाल सम्वत् तथा सूर्यको पूजा गरिने छठ पर्वको समेत आफ्नै मौलिक तथा सांस्कृतिक महत्व रहेको छ । उहाँको सन्देशमा भनिएको छ ।
परिवार र समुदायबीच विभिन्न रमाइलो गरी मनाइने यी पर्वहरू यस वर्षभने कोरोना भाइरस सङ्क्रमणका कारण परिवार भित्र सिमित भएर मनाउनुपर्ने अवस्था छ । पछिल्ला दिनहरूमा नेपालमा समेत तिब्र गतिमा कोरोना सङ्क्रमण फैलिरहेको र जोखिम बढिरहेकोले विश्व स्वास्थ्य संगठनले निर्माण गरेका स्वास्थ्य मापदण्ड र एसएमएस (भौतिक दूरी, माक्सको प्रयोग र पटक-पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने) तथा सरकारले जारी गरेका निर्देशन, आचारसंहिता र सावधानीका उपायहरूलाई पालना गरी पर्व मनाउनुहुन उहाँले सबैमा अनुरोध समेत गर्नुभएको छ ।
उहाँले शुभ दीपावली तिहार, नेपाल सम्वत् ११४१ र छठ पर्वले सबैमा कोरोनाको महामारीलाई पराजय गर्दै, नयाँ जोश, जाँगर र उत्साहासहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान पूरा गर्न उर्जा मिल्नेछ भन्ने विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्नूभएको छ ।