पर्वत- पर्वतमा संक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार आज पर्वतमा एक सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।
पर्वत र अन्य जिल्लामा गरी स्वाब दिएकाहरु मध्ये अहिले सम्म २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा अहिलेसम्म १ सय ६३ जना निको भएर फर्किएका छन् । अब १ सय ६ जना होम आईशोलेशन र विभिन्न अस्पताल र अस्थायी कोरोना अस्पतालको आईशोलेशनमा रहेको निर्देशनालयले जनाएको छ ।
पर्वतमा सक्रिय संक्रमितको संख्या भएको यो अहिले सम्मकै बढि हो ।
शनिवार पर्वतमा एकैपटक १८ जनामा संक्रमण पुष्टि भएको थियो । जलजला गाउँपालिकामा ६ महिला र १० पुरुष तथा कुश्मा नगरपालिका वडा नं. १ का दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय भेटिएका संक्रमितहरु सवै कन्ट्राक्ट ट्रेसिङवाट पहिचान भएका हुन् ।