पर्वतको ठुलीपोखरीस्थित बाटुलेचौरमा मिलन फाउण्डेशन नेपालद्वारा कुर्सी सहयोग - News site from Nepal

पर्वत- मिलन फाउण्डेशन नेपालको सहयोगमा पर्वतको कुस्मा नगरपालिका-१२ ठूलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक क्षेत्र कालिका मन्दिरमा आराम कूर्सी वितरण गरिएको छ ।
मन्दिरमा आउने श्रद्धालु दर्शनार्थीहरुलाई आराम गर्न सहज होस् भन्ने उद्देश्यका साथ संस्थाले करिब ५० हजार बराबरको ६ थान फलामे कूर्सी प्रदान गरेको हो । शनिबार एक कार्यक्रमका बीच समाजसेवी धनमाया गुरुङले मन्दिरका अध्यक्ष गणेश पौडेल, कु.न.पा. १२ का वडा अध्यक्ष राजेन्द्र पौडेल तथा मन्दिरका पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै मिलन फाउण्डेशन नेपालका कार्यवहाक अध्यक्ष देबी गुरुङले मिलन फाउण्डेशन नेपालले सामाजिक क्षेत्रमा अतुलनिय योगदान गनेको बताउँदै आगामी दिनमा समेत समाजिक क्षेत्रमा लाग्दै जाने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कुस्मा नगरपालिका १२ ठूलीपोखरीका अध्यक्ष राजेन्द्र पौडेलले संस्थाले निस्वार्थ गरेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत यस्तै कार्यहरुको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा मिलन फाउण्डेशन नेपालका सचिब खड्क गुरुङ‘मदन’, जय प्रकाश गुरुङ, बिजय गुरुङ मन्दिरका सदस्य युगनाथ पौडेल, गंगा शर्मा, हरिप्रसाद लामिछाने, धर्म लामिछाने, टंक प्रसाद लामिछाने लगायतको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मन्दिरका अध्यक्ष गणेश पौडेलले गर्नुभएको थियो । हङकङमा रहेका संरक्षक एवं संस्थापक दुर्गा गुरुङ ‘मिलन’को आफ्नै सहयोगमा सञ्चालित मिलन फाउण्डेशन नेपालले पर्वत, पाल्पा, लमजुङ, कास्की, चितवनलगायतका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!