पर्वत- पर्वतको महाशीला गाउँपालिकामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महाशीला गाउँपालिकामा कन्ट्राक्ट ट्रेसिङको क्रममा स्वाब संकलन गरिएका मध्ये १ महिला र ४ जना पुरुषमा संक्रण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा एक २७ वर्षिया महिला तथा २५, २५, ५३ र २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमितहरुलाई आईशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको पनि निर्देशनालयले जनाएको छ ।
यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या २ सय ३२ पुगेको छ ।