पर्वत प्रशासनद्धारा तिहारमा देउसीभैलो खेल्न रोक लगायो - News site from Nepal
पर्वत प्रशासनद्धारा तिहारमा देउसीभैलो खेल्न रोक लगायो

पर्वत-पर्वत- नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा देउसी भैलोका कार्यक्रम नगर्न पर्वत प्रशासनले आग्रह गरेको छ ।
कोरोना भाईरसको महामारीका बेला भिडभाड हुने र एक अर्का घरमा जाने जस्ता कार्यक्रम गर्दा संक्रमण झनै फैलन सक्ने भन्दै देउसी भैलोका कुनैपनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेर निर्देशन दिएको हो । त्यसैगरी चाडपर्व आफ्नो परिवारका सदस्यहरुबीच मात्र मनाउन, भोजभतेर नगर्न समेत आग्रह गरेको छ । त्यसैगरी जिल्ला भित्र कुनै मेला महोत्सव जस्ता कार्यक्रम नगर्न समेत प्रशासनले सुचनामा उल्लेख गरेको छ ।
तिहारका बेला बढ्दो जुवा तासको बिकृतिलाई न्यूनिकरण गर्नका लागि जुवा तास जस्ता भौतीक रुपमा उपस्थित भई खेलिने खेलहरु समेत नखेल्न आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मीद्धारा जारी सूचनामा तिहारका बेला आतसवासी, भईचम्पा, पटका, झिरझिरेजस्ता विस्फोटक पदार्थ नपड्काउन र त्यस्ता बस्तु जिल्ला प्रवेश नगराउन समेत सूचित गरिएको छ ।
प्रशासनले चाडवाडका बेला बजारमा अखाद्य बस्तुको विक्रिवितरण नगर्न, मिसासवयुक्त खाद्यबस्तु विक्रि नगर्न र कृत्रिम अभाव सिर्जना नगर्न समेत आग्रह गर्दै कोभिडका सुरक्षित रहन सम्पुणर् स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्डको अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।
प्रशासनले जारी गरेको सुचनामा उल्लेखिन कुराहरु उल्लंघन गरेको पाईएमा कानून अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहहरुले पनि यस वर्षको तिहारमा देउसी भैलो जस्ता भिडभाड हुने कार्यक्रम नगर्न सुचना जारी गरेका छन् । जिल्लाको पैंयु, महाशीला, मोदी, जलजला गाउँपालिका लगायतका स्थानीय तहहरुले सुचना जारी गर्दै कोभिडको महामारी दिन प्रतिदिन समुदायस्तरमा फैलदै गएको भन्दै सचेत हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!