पर्वतमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal
पर्वतमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा पर्वतको मोदी गाउँपालिका वडा नं. ७ की एक ३८ वर्षिया महिला र कुश्मा नगरपालिका वडा नं. ६ का ५० र ५८ वर्षका दुई पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या २ सय २२ पुगेको छ । संक्रमितहरुलाई आईशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!