मन्त्री लम्साल द्धारा १५ सैयाको गलकोट अस्पतालको उद्घाटन - News site from Nepal
मन्त्री लम्साल द्धारा १५ सैयाको गलकोट अस्पतालको उद्घाटन

बागलुङ
बागलुङको गलकोट नगरपालिकामा नगर हस्पिटल तथा कोभिड १९ अस्पतालको उद्घाटन गरिएको छ । गलकोट नगरपालिकाको हरिचौरमा निर्माण गरिएको पन्ध्र सैयाको उक्त अस्पतालको बुधवार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालले गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री लम्सालले अस्पताल बाट प्रवाह हुने सबै किसिमका स्वास्थ्य सेवालाई चुस्त दुरुस्त राख्न आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले जनताको स्वास्थ्यप्रति निकै संवेदनशील भएर स्वास्थ्य क्षेत्रमा बढी लगानी गरेको बताउनुभयो । ग्रामिण भेगका नागरिकहरुलाई सहज स्वास्थ्य सेवाको व्यवस्था गर्न तथा कोभिड १९ को महामारी बाट जोगिन र यसको नियन्त्रण गर्न प्रदेश सरकार कटिबद्धताका साथ लागेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य नरवहादुर थापा र प्रदेश सभा सदस्य चन्द्र वहादुर बुढाले स्वास्थ्य सेवा लिनको लागि यस भेगका जनताले टाढा जानूपर्ने बाध्यता हटेको बताउदै अस्पताल बाट दिईने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख भरत गैरैले आधारभुत स्वास्थ्य उपचार हरेक नागरिकले पाउनुपर्ने जनताको नैसर्गिक अधिकार संविधानमा व्यवस्था भएको चर्चा गर्दै अब हरेक नागरिकले विशिष्टकृत स्वास्थ्य सेवा समेत पाउने गरि नगरपालिकाले योजना अगाडी सारेको बताउनुभयो ।
अस्पतालको भवन निर्माणको लागि शहरी विकास मन्त्रालय बाट ५ करोड रकम विनियोजन भएको थियो । उक्त अस्पतालमा २ जना बिशेषज्ञ डाक्टार, स्टार्फ नर्स एक जना, एच्.ए. १ जना, अ.हे.व. ३ जना, अनमी ३ जना, ल्याव प्राविधिक १ जना सहित अन्य स्वास्थ्यकर्मीले सेवा प्रावह गर्ने छन् । अस्पतालमा कोभिड १९ सहित एक्सरे, ई.सि.जि., प्रसुती, हाडजोर्नी तथा नसा रोग लगाएत अन्य बिरामीहरुको उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!