पर्वत- दक्षिण पर्वतको पैंयु गाउँपालिकामा मंगलवार एकैदिन १० जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाका मुख्य बजार क्षेत्रहरु एक साताका लागि सिल गरिएको छ ।
गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको वैठकले आज कात्तिक २५ गते रातीदेखि लागु हुने गरी मंशिर २ गते सम्म गाउँपालिकाका मुख्य बजार क्षेत्रहरु सिल गर्ने निणर्य भएको प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार डुँड, अर्थुन, त्रिवेणी, हातेमालोचोक, मर्दिखोला, हुवास र भोर्ले बजार क्षेत्र पुणर् रुपमा बन्द गरिने भएको छ । अत्यावश्यक तथा दैनिक उपभोग्यीय बस्तुका लागि विहान ८ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ५ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खुला गर्न दिने निणर्य भएको पौडेलले जानकारी दिनुभयो । सार्वजनिक यातायात बन्द गर्ने निणर्य भने नगरिएको उहाँको भनाई रहेको छ ।
सिल गर्ने निणर्य गरिए पनि पूर्व निर्धारित कक्षा ११ को परिक्षा भने संचालन गर्ने निणर्य भएको पौडेलले जानकारी दिनुभयो ।
यस अघि गाउँपालिकाले देउसीभैलो नगर्न, भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिसकेको छ भने अर्को निणर्य नहुने बेला सम्म गाउँपालिकाका अत्यावश्यक सेवा बन्द गरिएको छ भने बैंक तथा वित्तिय संस्थाहरु समेत बन्द रहेका छन् ।