काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९९ हजार सात सय ६० पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार दुई हजार ७ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
पछिल्लाे २४ घण्टामा १२ हजार नाै सय ६० जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा आठ सय ५३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ६० हजार पाँच सय ७७ पुगेको छ ।
अब नेपालमा ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार ५८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ४८ पुगेको छ ।
त्यस्तै मङ्गलबार काठमाण्डौमा एक हजार एक सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा एक सय ९३ जनामा सङ्क्रमण देखिएकाे छ ।