पर्वतको पैंयुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal
पर्वतको पैंयुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतको पैंयु गाउँपालिकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा चार महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
३२, २१,२९ र ५३ वर्षिया महिला तथा ४१, ६०, २६, २२, ४७ र ५२ वर्षिय पुरुषमा संक्रमण भेटिएको हो । संक्रमित सवै कन्ट्राक्ट ट्रेसिङमा परेका हुन् । सवै संक्रमितलाई स्थानीय कोभिड अस्पताल र आईशोलेशनमा व्यवस्थापन गरिने भएको छ ।
आजै जिल्लाको जलजला गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै पर्वतमा कोरोना संक्रमितको सख्ंया २ सय २९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!