पर्वतमा थप तीन जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २०६ पुग्यो - News site from Nepal
  1. पर्वत , कार्तिक २४/ पर्वत जिल्लामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भए को छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा फलेबास नगरपालिकामा २ जना र कुस्मा नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षेत्रिय स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार संक्रमित हुनेमा फलेबास नगरपालिका वडा नं १ का ६१ बर्षिय पुरुष र फलेबास ६ की २५ बर्षिया महिला छन । फलेबासमा संक्रमण पुष्टि भएकामा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी र बैंकका कर्मचारी हुन । यस्तै कुस्मा नगरपालिका ९ कटुवाचौपारीकी ३४ बर्षिया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै पर्वतमा संक्रमित हुनेको संख्या २ सय ६ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!