पर्वतमा स्वास्थ्य सुरक्षा पालना गरेर विद्यालय संचालनमा - News site from Nepal
पर्वतमा स्वास्थ्य सुरक्षा पालना गरेर विद्यालय संचालनमा

पर्वत – पर्वत जिल्लामा रहेका सामुदायिक तथा निजि विद्यालयहरुको पठनपाठन नियमित सुचारु भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को त्रासका वीच आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय संचालनमा ल्याईएको हो ।
गएको चैतदेखि बन्द भएका सामुदायिक विद्यालयहरु गत सातादेखि नियमित रुपमा संचालनमा आएका छन् । कतिपय ग्रामीण क्षेत्रहरुमा भने साउनदेखिनै पठनपाठन हुँदै आएको भएपनि मुख्य बजार क्षेत्रमा भने ठप्पनै रहेका थिए ।
विद्यालयहरुले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा संचालन गरिरहेको कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई जोर विजोरको आधारमा विद्यालयमा बोलाउने, सामाजिक दुरी कायम गर्ने, मास्क र सेनिटाईजरको अनिवार्य प्रयोग गर्ने तथा शिक्षकहरुले पनि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन गराईरहेको उहाँले बताउनुभयो । क्षेत्रीका अनुसार कुश्मा नगरपालिकामा रहेका ६७ वटा सरकारी र १४ वटा निजि विद्यालयमा पठन नियमित सुचारु भएको छ । विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर नगरेको बारेमा नगरपालिकाले नियमित अनुगमन समेत गरेको क्षेत्रीले बताउनुभयो ।
निजि विद्यालयले विद्यालय र अनलाईन दुवै तवरवाट पठनपाठन गराईरहेको कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो । विद्यार्थीहरु जोर बिजोरको आधारमा विद्यालयमा बोलाईएको र विद्यालय नआउने विद्यार्थीहरुलाई अनलाईवाटनै कक्षा संचालन गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी सानो बजार क्षेत्र भएका फलेवास नगरपालिका तथा पैंयु, महाशीला, विहादी, जलजला र मोदी गाउँपालिकामा पनि भौतिक दुरी कायम गर्ने र मास्क तथा सेनिटाईजरको प्रयोग गर्दै कक्षाहरु संचालन भएका छन् । यि पालिकाहरुमा साउनदेखिनै टोल शिक्षा नता घरदैलो समेत गरेर पठनपाठन गराईएको थियो भने अहिले विद्यार्थीलाई स्कुलमै बोलाएर नियमित पढाउन, विद्यालयका आन्तरिक परिक्षा लिन लगाईएको पालिकाहरुले बताएका छन् ।
पर्वतमा अहिलेसम्म ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित झण्ढै १ सयको हाराहारीमा भएपनि अन्य सवै निको भैसकेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । पछिल्लो समय संक्रमणको दर न्यूनिकरण हुँदै गएपछि बजारमा चहलपहल समेत बढेको छ भने विद्यालय, क्याम्पस समेत संचालनमा आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!