पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा आजदेखि लकडाउन हट्यो - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा गरिएको लकडाउन (बन्दाबन्दी) सकिएको छ । कुश्मामा विगत एक सातादेखि र मोदमा पाँच दिन देखि जारी लक डाउन गएराती देखि हटेको हो ।
बन्दाबन्दीको अवधि सकिए सँगै आजदेखि सवैजसो सेवा नियमित रुपमा सुचारु हुने भएका छन् । कुश्मा नगरपालिका र मातहतका वडा कार्यालय तथा कुश्मा बजार १५ गते रातीदेखि बन्द रहेको थियो भने मोदी गाउँपालिका १७ गतेदेखि बन्द रहेको थियो ।
कुश्मा नगरपालिकाको लकडाउन शुक्रवार रातीदेखिनै सकिएपनि हिजो शनिवार परेकाले आजदेखि सवै सेवा सुचारु हुने र बजार समेत खुल्ने कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
उता मोदी गाउँपालिकामा पनि आजदेखि सवै सेवा सुचारु हुने, बजार तता पसलहरु खुल्ने र ग्रामीण सडकहरुमा समेत पूववतः अवस्थामा सवारीसाधनहरु चल्ने प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले जानाकारी दिनुभयो ।
समुदायमा संक्रमण फैलन नदिनका लागि दुवै पालिकामा बन्दाबन्दी आव्हान गरिएको थियो । उता उत्तरी पर्वतको जलजला गाउँपालिकामा भने २५ गतेसम्म बन्दाबन्दी जारी रहेको छ । पछिल्लो समय समुदाय स्तरमा कोरोनाको संक्रमण बढेपछि पर्वतका स्थानीय तहहरुले थप जोखिम नफैलियोस् भनेर आफै लकडाउन घोषणा गरेका थिए ।
पालिकास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको वैठक बसेर स्वास्थ्य सुरक्षाबारे आवश्यक निणर्य हुँदै आएका छको वैठक बसेर स्वास्थ्य सुरक्षाबारे आवश्यक निणर्य हुँदै आएका छन् ।
पर्वतमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय ८३ पुगेको छ भने १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!