नेपालमा पछिल्लो २४ घण्टामा थपिए २७५३ कोरोना संक्रमित, १७ को मृत्यु - News site from Nepal

काठमाडौं-  पछिल्लो पटक शनिबार देशभर  थप २७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६३६  पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या  ३५ हजार ४३५ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २२ सय ६ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ५५ हजार ११४ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या एक हजार ८७ पुगेको छ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार ४२३ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १५ लाख २७ हजार ७६६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!