पर्वत अस्पतालमै भेन्टिलेर र आइसियु सञ्चालनको तयारी - News site from Nepal
पर्वत अस्पतालमै भेन्टिलेर र आइसियु सञ्चालनको तयारी

पर्वत –  समुदायस्तरमा संक्रमण फैलिदै गएको पर्वत जिल्लामा तिहार पछि लक्षण सहितका कोरोना संक्रमित बढ्ने अनुमान गर्दै आवश्यक तयारी थालिएको छ ।
पर्वत जिल्लामा कोरोना संक्रमण र कन्ट्रयाक्ट ट्रेसिङ्गका बारेमा जानकारी दिन स्वास्थ्य कार्यालय पर्वतले बुधबार सञ्चारकर्मी संग गरेको अन्तरकृयाका क्रममा तिहारपछि लक्षण सहितका संक्रमित बढ्ने अबस्था भएकाले जिल्ला र स्थानिय तहले आबश्यक पुर्व तयारी गर्न थालेको जानकारी दिइयो ।
अहिले जस्तै संक्रमितको संख्या बढ्दै जाँदा तिहारपछि लक्षण सहितका जटिल प्रकृतिका विरामीहरुको संख्या पनि बढ्ने पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाले बताउनुभयो । ‘तिहारपछि लक्षण सहितका संक्रमित बढेर जाने अवस्था छ।’ उहाँले भन्नुभयो ‘त्यसका लागि आवश्यक तयारीमा हामी लागेका छौ ।’ पर्वत जिल्लामा अहिले सम्म संक्रमितको संख्या १ सय ७८ छ । त्यस मध्ये ५ जना मात्र गुप्तेश्वर क्याम्पसमा बनेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका छन् भने बाँकी १९ जना होमआइसोलेसनमा छन । कोरोना विरामीको उपचारका लागि पर्वत अस्पताल परिसरमै बेग्लै आइसियु र भेन्टिलेटर सहितको आइसोलेसन दुई ÷तीन दिनमा नै तयार हुने डा. देबकोटाले जानकारी दिनुभयो । ‘ बिरामीलाई पोखरा पठाउँदा पनि बेड पाउन गाह्रो छ ।’ उहाँले भन्नुभयो ‘नपठाई नहुने बाहेक अन्य बिरामीलाई हामीले उपचार गर्न सक्षम छौ।’
जिल्ला अस्पतालमा भेन्टिलेटर र आइसियु सहितको आइसोलेसन, अस्थायी कोरोना अस्पताल र पालिकाहरुमा बन्ने आइसोलेसनमा पनि कम्तीमा अक्सिजन दिन सक्ने ब्यबसथा सहितका आइसोलेसन तयारी अबसथामा राख्नुपर्ने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले स्थानीय तहहरुले एम्बुलेन्स र सडकको अवस्था सुधार गरि जुनसुकै बेला पनि बिरामी ल्याउन सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । सबै पालिकालाई ५ बेडको आइसोलेन बनाउन सरकारले दिएको रकम तीन महिनामा खर्च नगरे फ्रिज जाने भएकाले जनशक्ति ब्यस्थापन र पुर्वाधार निर्माण लाग्न आग्रह गर्नुभयो । जनशक्ति पाउन नसकेको अबस्थामा सरकारी र निजी अस्पतालमा काम गरिरहेका चिकित्सकलाई सेवा करारमा लिएर भएपनि काम सुरु गर्नुपर्ने उहाँको सुझाब छ । अहिले सम्म श्वाब संकलनका लागि पालिकाहरुले राम्रो अभ्यास गरेको तर जलजलामा एक घर एक पिसिआर परिक्षणको अभियान चलाउने भनिएपनि प्राबिधीक र खर्चका हिसाबले पनि संभब नभएको उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रबक्ता तथा तथ्याँक अधिकृत प्रबिण भण्डारीले जिल्लाको समग्र बस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो भने पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरी लगायतका सञ्चारकर्मीले सुझाब दिनुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यलयका अहेब अधिकृत तेजप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!