रामचन्द्र भुसाल
पर्वत- पर्वतको फलेवास नगरपालिकाले नगर क्षेत्रभित्रका सवै वडाहरुमा वडा स्तरीय युवा क्लव गठन गर्ने अभियान संचालन गरेको छ । गाउँ टोल र समुदायस्तरमा विकास र समृद्धिको बाटो पहिल्याएर समाजको सकारात्मक परिवर्तन गर्न सक्ने क्षमता युवाहरुमा हुने. कुरालाई मध्यनजर गर्दै सवै युवा जनसक्तिलाई समेटिने गरि यस्तो कार्यक्रम ल्याईएको फलेवास नगरपालिकाका शिक्षा साखा प्रमुख कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।
विहिबार एक कार्यक्रमका विच पर्वतको फलेवास नगरपालिका वडा नं.३ शंकरपोखरीमा पहिलोपटक फलेवास नगरपालिकाको पहलमा वडा स्तरीय शंकरपोखरी युवा क्लव गठन गरिएको छ । जस्को अध्यक्षमा सर्वसम्मत रुपमा यसै वडाका विनोद कुमार सुनार चयन हुनुभएको छ । क्लवको उपाध्यक्ष सुदिप खत्री, सचिव विपना थापा, कोषाध्यक्ष लक्ष्मी भुसाल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सम्झना कार्की, सरोज सापकोटा, सौगात गिरी, अमृत रिजाल, आकृति पौडेल चयन हुनुभएको छ । भने ४ जना मनोनित सदस्यरुहरु उक्त क्लवको बैठक बसि मनोनित सदस्य थप गरि जम्मा १५ सदस्यीय समिति बनाईने भएको छ ।
शंकरपोखरीका वडाध्यक्ष अर्जुन कार्कीको अध्यक्षता र नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका शिव खत्री, लकास सुवेदी, उदयराज भुसाल र यसै वडाका वडा प्रतिनिधी विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी लगायत यसै वडाका युवाहरुको विषेस सहभातिमा सम्पन्न भएको थियो ।