पर्वतको फलेवासका पुर्ण अपाङ्गता भएकाहरुलाई घर घरमै पुगेर नगरप्रमुख शर्माद्धारा सम्मान - News site from Nepal

पर्वत-अपाङ्गता भएकाहरुको २९ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाले पुणर् अपाङ्गता भएकाहरुलाई सम्मान कार्यक्रम थालेको छ ।
अपाङ्गता भएका नागरिकहरुको जीवनमा हौसला प्रदान गर्ने उद्धेश्यले घर घरमै पुगेर न्यानो कपडा सहित सम्मान कार्यक्रम थालिएको हो । फलेवासमा ३२ जना पुणर् अपाङ्गता भएका नागरिकहरु रहेका छन् । उनिहरु हिडडुल गर्न नसक्ने र आफ्नो स्याहार सुसार आफै गर्न समेत नसक्ने भएकाले पनि यसपटक नगरपालिकाले क बर्गका अपाङ्गहरुलाई लक्षित गरी कार्यक्रम थालेको हो ।
कोभिड १९ का कारण प्रभावित बनेका नागरिकहरुलाई जाडोको समयमा एक एक सेट ब्लांकेट सहित घरमै पुगेर सम्मान थालिएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । उनिहरुको घरमै पुगेर सम्मान गर्दा स्थानीय सरकारको प्रत्यक्ष निगरानी र संरक्षणको दायित्व अनुभूति हुने भएकाले कोभीडको बेला ठुलो भेला र कार्यक्रम नगरी घर घरमै पुगेर सम्मान थालिएको हो ।


फलेवास नगरपालिकाका ११ वटै वडामा पुगेर उक्त कार्यक्रम गरिने उहाँले बताउनुभयो । नगरपालिकाको वडा नं. ४ देखि उक्त अभियान शुरु गरिएको छ । अभियानको शुरुवात गर्दै नगरप्रमुख पदमपाणी शर्माले अपाङ्गता हुने कुनै पाप नभएकाले उनिहरुलाई घृणा र हेयभावले नहेरी माया ममता दिनुपर्नेमा जोड दिनुभएको छ । राज्यले अपाङ्गता भएका नागरिकहरुको सुरक्षा र संरक्षणका लागि विभन्नि क्षेत्रमा आरक्षणको व्यवस्था गरिरहेको बताउँदै पुणर् अपाङ्गता भएकाहरुलाई मासिक भत्ताको व्यवस्था गरेको र उक्त रकममा अझै बृद्धि गर्न पहल गर्ने बताउनुभयो । उहाँले अबका दिनमा मुलुकका सवै क्षेत्र र संचरनाहरु अपाङ्गता मैत्री बनाउनुपर्नेमा पनि मेयर शर्माले जोड दिनुभएको छ ।
सम्मान अभियानमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराज रिजाल, नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल लगायत सम्वन्धित वडाका अध्यक्ष र जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!