पर्वत आएका गण्डकीका मुख्यमन्त्री गुरुङले भने -‘एजेण्डा विहीन विप्लबको आन्दोलनको कुनै अर्थ छैन’ - News site from Nepal

पर्वत– गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले विप्लब माओवादीको एजेण्डाबिहीन आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
मंगलवार विहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले मुलुकको विकास निर्माणमा अबरोध पु¥याउने र राज्यको सम्पत्तिमा क्षति पु¥याउने काम मात्रै विप्लब समुहले गरेको बताउँदै यस्ता अराजक गतिविधि त्यागेर बार्तामा आउन आव्हान गर्नुभयो । अब पहिलेका जस्तो क्रान्ति सम्भव नभएको बताउँदै गुरुङ्गले सरकारसँग बार्तामा आएर शान्तिपुर्ण बाटो रोज्न आग्रह गर्नुभयो ।
अब मुलुकमा हिंसात्मक गतिविधि गर्ने जो सुकै समुहलाई पनि नागरिकले स्वतः प्रतिकार गर्ने उहाँले बताउनुभयो । स्थायी सरकारले मुलुकलाई स्थात्वि दिन लागेका बेला बम पड्काउने गतिविधि नगर्न आग्रह गर्दै सरकारले विप्लबको पार्टीलाई नभई गैरकानूनी गतिविधिलाई प्रतिवन्ध लगाएको बताउनुभयो र
सिके राउतलाई मुल धारमा ल्याउने विषयमा पार्टी भित्रैबाट असन्तुष्टि देखिएको बताउँदै सुरुमै आलोचना गर्नुभन्दा पनि त्यसले पार्ने दुरगामी असरलाई पर्खिनुपर्ने बताउनुभयो । अहिले सिके राउतका गतिधिले सहि हो या गलत हो भन्ने पुष्टि गरिसकेको उहाँको भनाई छ ।
अर्को प्रसंगमा मुख्य मन्त्री गुरुङले प्रदेश सरकारले यो एक वर्षमा विकास निर्माणका आधार तयार गरेको बताउँदै अब प्रदेशको आर्थिक समृद्धिका लागि धमाधम काम गरिने पनि बताउनुभयो । चौतर्फि समस्याका कारण एक वर्षमा नागरिकले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको स्वीकार गर्दैै मुख्य मन्त्री गुरुङले अब द्रुत विकासको माडेलमा अघि बढ्ने बताउनुभयो । उहाँले सरकारले गर्न लागेको लगानी सम्मेलनले मुलुकको आर्थिक गतिविधिलाई छोटो समयमै विकाससिल राष्ट्रको तुलनामा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा गण्डकी प्रदेशका इन्चार्ज समेत रहनुभएका मुख्य मन्त्री गुरुङ्गले चैत महिना भित्रै पार्टीका सवै तहको एकता टुंगिने बताउनुभयो । एकताका सवैजसो प्रकृयाहरु पुरा भैसकेको बताउँदै निर्णय गर्न मात्र बाँकी रहेको र अध्यक्ष प्रचण्ड स्वदेश फर्किएपछि तत्कालै टुंगिने उहाँको भनाई छ ।
कार्यकर्ता भेलामा नेकपाका नेता गोविन्द नेपाली, केन्द्रिय सदस्य गुप्त हमाल, सांसद पदम गिरी, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मनोहर बी पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!