पर्वतको बनौमा यस्तो अचम्म, काँग्रेसको छायाँ सरकारका सदस्यनै नेकपामा प्रवेश - News site from Nepal

पर्वत–पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौँमा नेपाली काँग्रेसले गठन गरेको छायाँ सरकारका सदस्यहरु सहित ६ जना नेकपामा प्रवेश गरेका छन ।
नेकपा जलजला गाउँ कमिटिले दिएको जानकारी अनुसार छायाँ सरकारकी सदस्य गमीशा फकामी सहित अरु ५ जना नेकपामा प्रवेश गरेका हुन । उहाँहरुलाई जलजला गाउँपालिका बनौँको फाँटमा जनवर्गीय समितिहरु निर्माण गर्नका लागि आयोजना गरिएको कार्यक्रममा नेकपाका जिल्ला सदस्य गौबहादुर पुनले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।
कार्यक्रममा बोल्दै काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएकाहरुले आँपूmहरु नेपाली काँग्रेसका गतिबिधिबाट असन्तुष्ट रहेकोले नेकपामा प्रवेश गरेको बताउनुभएको छ । कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सदस्य तथा बनौँका वडाध्यक्ष गौबहादुर पुनले काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएकाहरुलाई अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो । नागरिकका मुद्धाहरु नेकपाले मात्रै बुभ्mन सक्ने भएका कारण नागरिकहरु नेकपाप्रति आकर्षित हुने क्रम चलिरहेको उहाँको भनाई छ । नेकपा जलजला गाउँपालिकाका अध्यक्ष निर्मल पुनको अध्यक्षतामा भएको कार्यक्रममा डम्बरबहादुर पुर्जा, बुद्धिप्रसाद कँडेल, मनबहादुर नेपाली लगायतले बोल्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन नेकपाका यूवा कार्यकर्ता खेमबहादुर पुनले गर्नुभएको थियो । सोही कार्यक्रमबाट नेकपाको जनवर्गीय संगठनको बिस्तार पनि गरिएको छ ।
दमीशा फगामीको नेतृत्वमा २१ सदस्यीय महिला कमीटि, सुजन गर्वुजाको नेतृत्वमा १७ सदस्यीय यूवा संघको कमिटि र मनबहादुर नेपालीको नेतृत्वमा १२ सदस्यीय दलित कमीटी निर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!