पर्वत जेसिजको सप्ताह भदौ २१ देखि २७ सम्म सञ्चालन गर्ने - News site from Nepal
पर्वत जेसिजको सप्ताह भदौ २१ देखि २७ सम्म सञ्चालन गर्ने

पर्वत/ पर्वत जेसिजले हरेक बर्ष आयोजना गर्दै आएको जेसिज सप्ताह यस बर्ष भदौ २१ देखि २७ सम्म सञ्चालन गर्ने भएको छ ।
पर्वत जेसिजले जेसिज सप्ताह २०१९ यस बर्ष केही नौला कार्यक्रम सहित सञ्चालन गर्न लागेको हो ।
पर्वत जेसिजले बुधबार पत्रकार सम्मेलन मार्फत सप्ताहब्यापी रुपमा आयोजना गर्ने कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ । जेसिज सप्ताह अन्र्तग भदौ २१ उद्घाटन कार्यक्रम संगै तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ । पर्वतको कुस्माबजारमा बिगतका बर्षहरुमा तीजगीतका कार्यक्रम सञ्चालन भएपनि यस बर्ष कार्यक्रम सञ्चालन नभएको हुँदा ढिलै भएपनि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष मोहन आचार्यले बताए ।
यसैगरि असल अभिभावक कसरी बन्ने भन्ने बिषयमा यस बर्ष अभिभावकलाई प्रशिक्षीत गर्न भदौ २२ गते प्यारेन्टिङ्ग तालिम सञ्चालन गर्ने भएको छ भने भदौ २३ गते बिद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता युवा बर्ष आधारभूत बिद्यालय गोदाममा सञ्चालन गर्ने भएको छ । भदौ २४ गते जनप्रतिनिधी र पर्वत जेसिजका बिच शसस्त्र प्रहरी बल, चण्डिका गणको खेल मैदानमा मैत्रीपुर्ण फुटबल आयोजना गर्ने , भदौ २५ गते महिलाहरुका लागि स्लो स्कुटी रेस प्रतियोगिता तथा भदौ २६ गते उत्कृष्ट चालकलाई म्मान गर्ने कार्यक्रम रहेको सप्ताहकी मुल संयोजक मञ्जु शिलाकारले जानकारी दिइन ।
सप्ताहको अन्तिम दिन बिद्यालय लोकनृत्य प्रतियोगिता, पुरस्कार बितरण कार्यक्रम सहित समापन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!