पर्वत, १५ असार : पर्वतको फलेवास नगरपालिका वडा नं. ८ नेपानेमा गएराती भएको जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
लमाएखोलादेखि फलामखानी तर्फ जाँदै गरेको ग१ज ६९७ नम्वरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षिय डोलबहादुर क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा फलेवास नगरपालिका वडा नं. ७ का ३४ वर्षिय विक्रम सुनार, वडा नं. ८ ठानामौलाका ३३ वर्षिय सुरज सुनार घाईते हुनुभएको छ । घाईते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामै उपचार भैरहेको छ । जीप सडकवाट झण्डै एक सय ५० मिटर तल खसेको थियो ।
उनिहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको सापकोटाले बताउनुभयो ।





