गजल - News site from Nepal
गजल

कतै सडक अनि कतै पेटीले सिकाएका छ्न । 
कति कुरा खेतबारीका खेतीले सिकाएका छ्न ।

महिना नसकिँदै, महिना मर्यो भन्दै आउँछन, 
पैसा कमाउन पर्छ भन्ने घरबेटीले सिकाएका छ्न ।

अरुको रमिता देख्दा देख्दै, म एक्लो हुनुमै खुसी छु, 
बिबाह पछि दुख हुन्छ,अल्लारे केटीले सिकाएका छ्न ।

जलस्रोतको धनि भएनि यो देशमा केहि नभएको कुरा, 
कालीगण्डकी,महाकाली, कर्णाली सेतीले सिकाएका छ्न ।

ठाकुर रसाईली

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!