पर्वत : तपस्याको थलो - News site from Nepal
पर्वत : तपस्याको थलो

डा. अनिता श्रेष्ठ 

पाङको चौरमा हाँसेकी थिइन् पार्वती,
निशब्द खेलाइ रहेकी सपनाहरूको झुल्का।
शिव प्राप्तिको चाहनाले,
गुप्तेश्वरको गर्भगुफामा चलेको थियो
एक मौन तपस्या।

कुशमामा चिनिएको छ एक दिव्य चिन्ह,
जहाँ जन्मिएको हो कुश—ऋषिहरूको पूजा,
कर्म र योगको प्रतिक।
त्यसैले त उर्जा यहाँ उच्च छ,
धरा, गगन र आत्मालाई छुने ऊर्जा।

सहस्रधारामा नुहाएकी पार्वतीको स्मृति
आज पनि बगिरहेछ जलधारासँगै,
प्रकृतिको कान्तिलाई जोगाइरहेछ
शिवशक्तिको मौन संवादमा।

पर्वत, तिमी केवल भूगोल हैनौ,
तिमी इतिहास हौ,
तिमी ऊर्जा हौ,
र तिमी साक्षी हौ—
ईश्वर र मानवबीचको प्रेम र तपस्याको।

 

दोलखा

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!