
जीवन बिक्रम उच्चै
असंख्य जिम्मेवारीको काध पाटिने गरि
झोला बोक्ने झोले हु म
मेरो बुवा आमा प्रति कर्तव्यको
झोला बोक्ने झोले हु म
मेरो श्रीमती प्रति सौभाग्यताको
झोला बोक्ने झोले हु म
मेरो छोराछोरीलाई सुखद भबिस्यको
झोला बोक्ने झोले हु म
मेरो दिदीबहिनी प्रति बिसाउनी चौतारीको
झोला बोक्ने झोले हु म
मेरो गुरुको आशिर्वाद बोकि विद्यार्थीको
झोला बोक्ने झोले हु म
मेरो गाउँ समाजमा आशाको
झोला बोक्ने झोले हु म
मेरो साथीहरुलाई दुख सुखको
झोला बोक्ने झोले हु म
मेरो इष्टमित्रहरु प्रति भरोसाको
झोला बोक्ने झोले हु म
मेरो पार्टी संगठनमा बिचारको
झोला बोक्ने झोले हु म
देश र जनताको मुहारमा हासो ल्याउने
झोला बोक्ने झोले हु म
नेपाल आमालाई परिवर्तनको
झोला बोक्ने झोले हु म
मेरो जिबनको पदचाप गोरेटोको
झोला बोक्ने झोले हु म
टोपीको घेरा फाटेर
सारिको टुक्रा काटेर
आधारभुत जीवन जिउने
सधै मेहनत र पसिना पिउने
गाउँमा अैचोपैचो साटेर
सपनाको लड्डु बाटेर
मेरै प्रतीक्षाको दैलो कुर्नेको
झोला बोक्ने झोले हु म
तर
झोले बन्नलाई
झोला भित्र फोहोरको डङ्गुर नबोक
स्याउ केरा सुन्तला लिची अङुर बोक
कुण्ठा डाह फटाह छुल्याइ बेइमानी नबोक
सेवा समर्पण निष्ठा त्याग बलिदानी बोक
तेसैले तिमीले मलाई चाहे झोले भन
मेरो गाउँको मलाई चाहे टोले भन
मेरो आफ्नै जिम्मेवारीको झोला बोकि
एउटा उदेश्य र लक्ष्यको संकल्प ठोकि
निरन्तर अबिचलित यात्राको यात्री बनी
म धाइ रहने छु
तिम्रो अघि आइ रहने छु
तिम्रो उपमाले मलाई झनै हौसाउने छ
मेरो अबिचलित यात्रालाई रौसाउने छ
म सधैं झोला बोकि रहने छु
समृद्धिको नारा खोकी रहने छु
म सधैं झोले बनि रहने छु
संकल्पको मैदान खनी रहने छु
तेसैले म झोले हु
जय झोले वाद
पर्वत