राष्ट्रपतिपछि प्रधानमन्त्रीसँग सुकीको भेटवार्ता - News site from Nepal
राष्ट्रपतिपछि प्रधानमन्त्रीसँग सुकीको भेटवार्ता

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र सुकीबीच होटल अन्नपूर्णमा भेटवार्ता भएको हो ।

एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीले भेटघाटलाई तीव्रता दिएकी छन् । यसअघि शुक्रबार बिहान मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन् ।

प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!