
रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिकामा शैक्षिक सत्र २०८१ को आधारभुत तह कक्षा ८ उत्तीर्ण परीक्षा सञ्चालन भइरहेको छ । यहि चैत्र १० गतेदेखि सुरु भएको कक्षा आठ उत्तीर्ण परीक्षा १७ गतेसम्म सञ्चालन हुने बताईएको छ ।
फलेवास नगरपालिकाका विभिन्न विद्यालयहरुलाई समायोजन गरेर ३ वटा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरीएको फलेवास नगरपालिकाका प्रमुखप्रशासकिय अधिकृत कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।
फलेवासको थापाठानामा रहेको थापाठाना मा.वि., खानिगाउँमा रहेको भवानी विद्यापीठ मा.वि. र पाङराङ्मा रहेको शिद्ध मा.वि.मा परीक्षा केन्द्र निर्धारण गरीएको भवानी विद्यापीठ मा.वि.का प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले बताउनुभयो ।
यस वर्षको आधारभुत तह उत्तीर्ण परीक्षामा थापाठाना मा.वि. केन्द्रमा १६६ जना, भवानी विद्यापीठ मा.वि. केन्द्रमा १८० जना र पाङराङम रहेको शिद्ध मा.वि.मा १३ जना गरी जम्मा ३५९ जना विद्यार्थी सहभागि भएका छन् ।
टाढाबाट आउने विद्यार्थीहरुलाई नगरपालिकाले निशुल्क यातायातको व्यवस्थापन गरी मर्यादित र सन्तुलित तवरबाट विहानको ११ः४५ बजेदेखि परीक्षा सञ्चालन भईरहेको भवानी विद्यापीठ मा.वि.का केन्द्राध्यक्ष राजु प्रसाद भुसालले जानकारी दिनुभएको छ ।