पर्वतमा ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाईयो - News site from Nepal
पर्वतमा ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाईयो

पर्वत- पर्वतमा ६६ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा कुश्मा नगरपालिका र जिल्ला सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा प्रभातफेरी तथा मुल समारोह आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले मुलुकमा केही समयदेखि तरलता अभावका कारण धेरै सहकारीमा समस्या उत्पन्न भएको बताउँदै सहकारी संस्थाका सेवाहरु केवल नाफा कमाउने उद्धेश्यले मात्र नभई सेवामुलक क्षेत्रमा समेत लगानी गर्नुपर्नेमा जोड दिनुभयो । सहकारी संस्था आफै स्वनियमनकारी निकाय भएकाले आफ्नो संस्था, संचालक र बचत कर्ताको संरक्षणमा आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीका समस्याहरु समाधानका लागि शेयर सदस्य, कमचारी र बचतकर्ताहरुबीच आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी संचालकहरुले पवित्र उद्धेश्यका साग संस्था चलाउन सकेमा विकृतिहरु नआउने उहाँको भनाई छ । कार्यक्रममा कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, बहुउद्धेश्यीय सहकारीको तर्फवाट इन्द्रमान खत्री, वचत तथा ऋण सहकारी संघको तर्फवाट तुप्ला शाक्य, संचालक तथा पत्रकार माया अधिकारी, मोहन आचार्य, व्यवस्थापकवाट कमल तिवारी लगायतले लगायतले बोल्नुभएको थियो ।


कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष शेषराज रेग्मी र संचालन ऋषिराम शर्माले गर्नुभएको थियो । यस अघि शिवालयचोकवाट उद्योग बाणिज्य संघको हलसम्म प्रभातफेरी समेत निकालिएको थियो । कार्यक्रममा वक्ताहरुले सहकारीलाई व्यवसायिक रुपमा सक्षम बनाउन, आन्तरिक सुशासनलाई व्यवस्थित गराउदै आम सदस्यहरुलाई निर्धक्क कारोबार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
सहकारी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाहरु मध्ये केही व्यक्तिहरुले ऋण नतिर्नका लागि विभिन्न खाले गतिविधि गरेको प्रति इंगित गर्दै वक्ताहरुले सहकारीका सदस्यहरुले गास कटाएर गरेको वचतबाट ऋण लिएर ऋण तिर्दैनौ भन्ने गरेकोले त्यस्ताहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न, ठाउँका ठाउँ त्यस्ता व्यक्तिहरुको प्रतिवाद गर्न सहकारीकर्मीहरुलाई आव्हान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!