यामनारायण चापागाई
चीनको वुहान शहरबाट सन २०१९ को अन्ततिरबाट फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिइरहेको छ । आजसम्म पनि यसको फैलावट रोकिने कुनै आधार देखिएको छैन । बिश्लेषकहरुले यसलाई दोस्रो विश्वयुद्द पछिको सवै भन्दा भयानक महाविपत्तिको संज्ञा दिएका छन् । यो आलेख तयार पार्दासम्म विश्वमा करिव २० लाख मानिसहरु संक्रमित भएका छन् भने १ लाख २६ हजार भन्दा बढिको मृत्यु भईसकेको छ । यसैगरी करिब ४ लाख मानिसहरु संक्रमणबाट मुक्तभएर घर फर्किसकेका छन् । नेपालमा हालसम्म १६जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ जनानिको भइसकेका छन् भने करिब १० हजार जना क्वारेन्टिनमा रहेका छन् । कोभिड–१९ रोगको संक्रमणबाट बच्न र कोरोना भाइरसको फैलावटलाई रोक्नका लागिविश्वका धेरैजसो देशहरुमा लकडाउन गरिएको छ । मानिसहरु धेरै जम्माहुने उद्योग धन्दा, कलकारखाना, सिनेमा घर, पार्क, विद्यालयआदि सबै बन्दगरिएको छ । मानिसहरुलाई घरबाहिर निस्कन कडाई गरिनुका साथै निश्चत सामाजिक दुरी कायमगर्न भनिएको छ ।
लामो समयदेखि विद्यालय बन्द हुदा विद्यालयजाने बालबालिकहरु घरभित्रको सीमित घेराभित्रबन्दभएका छन् । एकातिर पठनपाठनका दैनिक क्रियाकलाप ठप्प हुनु अर्कोतिर कोभिड–१९ को मनोवैज्ञानिक त्रासका कारण बालबालिकहरुको शारिरीक तथा मानशिक विकासमा समेत प्रत्यक्ष असर पर्ने देखिन्छ । आफ्ना बालबालिकहरुलाई शारिरीक तथा मानशिकरुपमा पूर्ण तन्दुरुस्त राख्नु अभिभावकहरुको लागि समेत ठूलो चुनौतीको विषय बन्न पुगेको छ । खासगरि बालबालिकामा कोभिड–१९ को भय त छँदैछ त्यसको अलवा धेरै फूर्सदिलो समय हँुदा धूमपान, मद्यपान र पोर्न साईटको कूलतमा फँस्न सक्ने समेत उत्तिकै संंभावना रहन्छ । संयुक्त राष्ट्रसंघिय बालकोष (UNICEF), विश्व स्वास्थ्य संगठन (WHO) र युनेस्को जस्ता संगठनहरुले यो कोरोना भाइरसको प्रकोपको बेलामा आफ्ना बालबालिकाको सुरक्षा र हेरचाह कसरी गर्ने भन्ने सम्बन्धमा केही महत्वपूर्ण सुझाबहरु दिएका छन् । यो समयमा अभिावकहरुले आफ्ना बालबालिका हरुका निम्ति गर्नुपर्ने कार्यहरुलाई संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।
१. समयतालिका (Routine) निर्माण
आफ्ना बालबालिकाको लागि नियमित तर नरम अर्थात लचिलो खालको दैनिकसमय तालिका निर्माण गर्नुपर्दछ । कोभिड–१९ को महामारी संगै लामो समयदेखि विद्यालय बन्द भएकाले बालबालिकाको दैनिक समय तालिका बिग्रियको छ तसर्थ नयाँ समय तालिका निर्माण गरि बालबालिकालाई निश्चित समयमा सुत्ने, अध्ययनगर्ने, खेल खेल्ने, मनोरञ्जन गर्ने, टिभि हेर्ने तथा घरायसी कामकाजमा बाबुआमालाई सघाउने जस्ता क्रियाकलापगर्न लगाई व्यस्त बनाउनु पर्छ ।
२. अभिभावकको मायाँर सुरक्षाको पूर्ण अनुभुति दिलाउने
विद्यालय बन्दको यो समय आफ्ना बालबालिका संगको संबन्ध ](Better relationship) बनाउने महत्वपूर्ण अवसर पनिहो । आमाबाबुले छोरा छोरीलाई प¥र्याप्त समय दिँदाउनिहरुले मायाँ र सुरक्षाको समेत अनुभुति गर्दछन् । र उनिहरुले आफू उक्त परिवारको एक महत्वपूर्ण सदस्य हुँ भन्ने समेत अनुभवगर्दछन् ।
३. समसामयिक विषय वस्तुको जानकारी
ग्ल्क्ष्ऋभ्ँ काअनुसार विश्वमा भैरहेका घटनाहरुको सत्य–तथ्यजानकारी पाउनु पनिबालबालिकाको हक हुन्छ । तर कोरोनाभाइरसको बारेमा सुचना दिँदाउनीहरुलाई मानसिक असर पनि पर्न सक्छ यसबारेमा अभिभाबकहरु सचेत हुनु पर्छ । बालबालिकालाई मानसिक असर बाट जोगाउनु पनि अभिभाबकको दायित्वहो । मानसिक असर पर्न सक्ने सुचनाहरुमाअप्रत्यक्षभाषाको प्रयोग गर्नु पर्दछ। उदाहणको लागिकोभिड–१९ धेरै मानिसहरुको मृत्यु भयको छ भन्नुभन्दा मृतक भन्दा उपचार भएर घर फर्कनेको संख्याअत्यन्तै धेरै छ भनेर बुझाउनु पर्दछ ।
४. उपयुक्त शारीरिक अभ्यासको सुनिश्चितता गर्ने
विश्व स्वास्थ्य संगठनका अनुसार एक हप्तामाकम्तिमा १५० मिनेटको मध्यमखालको र ७५ मिनेटको कडा शारीरिक व्यायामको आवस्यकता पर्दछ । लकडाउनका कारण बदलिएको सामाजिक जीवनसंगै शारीरिक व्यायाम नियमित गरिरहनु पर्दछ । रोग प्रतिरोधात्मक क्षमता बृद्दि गर्न भन्दै धेरै खानेकुरा खानुपनिहुँदैन । घरका सबै सदस्यहरु मिलेर पारीवारिक खेल खेल्ने, शारीरिक व्यायाम गर्ने, बालबालिकाहरुलाई कथा, जोक्सहरु सुनाउने, चित्र बनाउन लगाउने जस्ता कार्यहरु गर्न सकिन्छ । शारीरिक अभ्यास गर्दा सकेसम्म कोठा भन्दा बाहिर घरको छत, बाल्कोनी, करेशाबारी तथा खाली जग्गा प्रयोग गर्नु पर्दछ । यसले गर्दा शरीरले प¥याप्त मात्रामा शुद्द हावा र सूर्यको प्रकाश ग्रहण गर्दछ । बालबालिकालाई बिहान र साँझको समयमा योगा र ध्यानमा सरिक गराउनु पनिउपयुक्त हुन्छ ।
५. अनौपचारिक सिकाईमा बढि जोड दिने
बालबालिकालाई कुनै काम गर्न वाकुनै कुरा सिक्न दबाब दिनुहुदैन । यसको सट्टा उनीहरु के सिक्न चाहान्छन वा कस्ता क्रियाकलापमा उनीहरुको रुची छ त्यसको पहिचान गर्नुपर्दछ । लामो बन्दको समयमा बालबालिकालाई किताबी ज्ञानको सट्टा व्यवहारिक र जीवनोपयागी सीपहरु सिकाउनु उपयुक्त हुन्छ । भान्सामा काम गर्ने, कपडा धुने, खानाबनाउने, करेशाबारीमाकामगर्ने, फूलहरु रोप्ने, फूलमापानी राख्ने जस्ता व्यवहारिक कुराहरु सिकाउनु पर्छ । नैतिकशिक्षा र आफ्ना बाल्यकालका भोगाईहरु पनि बालबालिकाको लागि महत्वपूर्ण सिकाई हुन सक्दछन् ।
घर भित्र निश्क्रिय भएर लामो समय सम्म बस्नु मानसिक स्वास्थ्यका दृष्टिले अत्यन्तै हानिकारक हुन्छ । तसर्थ खालि समयलाई ब्यबस्थापन गर्न र आफ्ना बालबालिकाको शारीरिक तथा मानशिक स्वास्थ्य मजबुत बनाई राख्न अभिभाबक अत्यन्तै सजग हुनुपर्दछ ।
(देउपुर पर्वत- हाल वडागाऊँ कुश्मा, पर्वत )






