पर्वतको फलेवसामा आगलागीबाट बन्द भएको रेडियो डेढ महिनापछि सूचारु - News site from Nepal

पर्वत– विद्युत सर्ट भएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महिना पछि सुचारु भएको छ ।
गत जेष्ठ २८ गते आगलागीबाट पुर्ण रुपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो पर्वत १०३.६ मेगाहर्ज बुधरवारदेखि पुन संचालनमा आएको हो । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर साविक स्थानबाट स्थानन्तरण गरि संचालनमा ल्याईएको हो ।
फलेवास नगरपालिका वार्ड नं. ५ खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालय रहेको भवनमा रेडियोको नयाँ संरचना निर्माण गरि सम्पुर्ण प्रसारण सेवाहरु संचालन गरिएको स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिनुभयो ।
रेडियो पुनः प्रसारण शुभारम्भ कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले सामुदायिक रेडियोहरुले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै नगरपालिका रेडियोसँगै सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । पछिल्लो समय सञ्चारको महत्व बढ्दै गइरहेका बेला यस रेडियोले नगरका जनताहरुलाई सुसूचित गराउन अहम भुमिका निर्वाह गरेको शर्माले बताउनुभयो ।
फलेवास नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीले सञ्चार माद्याम नगरको गहना र सम्पत्तिको रुपमा रहेको बताउँदै यसलाई जोगाईराख्न नगरपालिकाले चौतर्फी सहयोग गर्दै जाने बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले सञ्चार माद्यामहरु कसैको दबाब र प्रभावमा नपरी सत्य, तथ्य, निश्पक्ष हुनुपर्ने बताउँदै स्वतन्त्र सञ्चार माद्यामप्रति नागरिकको विश्वास हुने बताउनुभयो ।
रेडियो पुनः निर्माणका लागि पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारी घर भै हाल अमेरिका रहनुभएका भिष्म अधिकारीबाट रु. ३ लाख सहयोग गर्नुभएको थियो । रेडियो पुनःस्थापना गर्दा रु. १५ लाख ५० हजार खर्च भएको स्टेशन म्यानेर शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!