चौतर्फी विरोधपछि हट्यो जोरविजोर प्रणाली - News site from Nepal
चौतर्फी विरोधपछि हट्यो जोरविजोर प्रणाली

१४ मंसिर, काठमाडौं । चौतर्फी विरोधपछि सरकारले जोर विजोर प्रणाली हटाएको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट-२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो ।

तर, पहिलो दिन नै यसको चर्को विरोध भयो । जोरविजोर प्रणाली अवज्ञा गर्न आहृवान समेत भएको थियो । सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार विहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!