रसुवा – चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।
बुधबार राति ११ बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।
बाढी प्रभावित र जोखिममा परेकाहरूको सङ्ख्या अत्यधिक भएकाले बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत हवाई उद्धार सुरु गरिने भएको छ ।
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए ।
अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ । चितवनमा ५२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिए । उनका अनुसार हालसम्म बागमती प्रदेशका जिल्लाहरूमा १०६ जनाको शव भेटिएको छ । गण्डकी प्रदेशमा पर्ने गोरखा र पूर्वी नवलपरासीमा पनि नदी तटमा भेटिएको शव निकाले प्रहरीले पहिचान गर्ने प्रयास गरिरहेको छ ।
बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जना मृत फेला परेका छन् । नुवाकोटमा १७ जना धादिङमा २१ जना मृत भेटिएको एसएसपी धमलाले जानकारी दिए ।






