मिचाहा प्रजाती व्यवस्थापन कार्यशाला गोष्ठी कुश्मामा सम्पन्न - News site from Nepal

पर्वत– पछिल्लो समय बनजंगल र खेतयोग्य जमिनमा मिचाहा प्रजाती बढ्दै गएका छन् । जसका कारण वनजन्य र कृषिजन्य उत्पादनमा ह्रास आउन थालेको छ ।
मिचाह प्रजातीको बढ्दो समस्यालाई समाधान गर्नका लागि पर्वतमा मिचाहा प्रजाती व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गण्डकी जलाधार जलवायु उत्थानसिल आयोजना अन्तर्गत डिभिजन वन कार्यालय पर्वतको आयोजना, ग्रिन क्लाईमेट फण्ड, आइयुसिएन,एनटिएन सि लगायतका आयोजनामा एकदिने कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागिहरुले मिचाहा प्रजातीले कृषि क्षेत्रका साथै वनजंगलमा ठुलो नोक्सानी पुर्‍याएको बताएका छन् । सामुदायिक वनका उपभोक्ता तथा सरोकारवालाहरुले यस्ता मिचाहा प्रजातीको व्यवस्थापन गर्न नसक्ने हो भने भविष्यमा अझै पनि क्षति पुग्नसक्ने विश्लेषण गरेका छन् । बढ्दो वनजंगल र झाडी र कृषियोग्य जमिन बाँझिँदै जाँदा मिचाहा प्रजाती फैलने क्रम समेत उत्तिकै रहेकोले यसको वैज्ञानिक व्यवस्थापनमा जोड दिनुपर्ने उनिहरुको भनाई रहेको छ ।
डिभिजन वन कार्यालय पर्वतका प्रमुख हेमलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाशिला गाउँपालिका वडा नं. ६ का अध्यक्ष गोविन्द विश्वकर्मा, मोदी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष देवेन्द्रबहादुर क्षेत्री, गैसस महासंद्द नेपालका पुर्व अध्यक्ष राम सुवेदी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका सचिब मिठु शर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा एनएनसिका डा. अनिता श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!