लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको महाशीलादेखि नारायणगढ सिधा बस सेवा संचालन हुँदै, नयाँ रुट कायम - News site from Nepal
पर्बत- नारायणगढ देखि घण्टे देउराली र लुँखु देउराली हुदै महाशिला गाउँपालिका वालाकोट सम्म सिधा वस सेवा संचालनको लागि सहमति भएको छ ।
महाशिला गाउँपालिका प्रमुख राजुप्रसाद पौडेल र वस व्यवासायी समितिका अध्यक्ष योगेन्द्र केसी विच छलफल गरी सहमति भएको हो । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राली पोखराले स्थानिय उपभोक्तmाहरुको मागलाई मध्येजनर गर्दै नारायणगढ देखि घण्टे देउराली र लुँखु देउराली हुदै महाशिला गाउँपालिका वालाकोट सम्म आबश्यक प्रक्रिया पुरा गरी रुट बिस्तार संगै सिधा बस सञ्चालन गर्न भएको हो ।

गाउँपालिका प्रमुख राजु प्रसाद पौडेलले सिधा बससेवा सञ्चालन भएपछि यात्रुलाई सहज हुने जानकारी दिनुभयो । बससेवाले पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । पर्यटकीय हिसाबले पनि अगाडि रहेको गाउँपालिकामा बस सेवा संचालनबाट सहज तरीकाले कम खर्चमा रहेका बिभिन्न पर्यटकीय स्थलहरुको अबलोकनमा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।
नारायणगढ देखि महाशिला गाउँपालिका सम्म भण्डै २ सय किलोमिटर दुरी रहेको छ । अबको एक हप्ता भित्रनै सिधा बस सेबा सञ्चालन गर्ने गरी तयारी भएको गाउँपालिकाका प्रबक्तmा जिबन उचै ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार बस सेबा सञ्चालनमा आएसंगै प्रत्येक दिन ७ बजे लुँखु देउरालीबाट बस छुट्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!