नेपाल पत्रकार महासंघको साधारण सभा पोखरामा जारी,विज्ञापन प्रणालीमा समानता ल्याउने सञ्चारमन्त्रीको भनाई - News site from Nepal


पाेखरा
सभामुख कृष्ण ब.महराले संचार देश रुपान्तरणकाे बलियो खम्बा भएको बताउनुभएको छ ।
बिहिवार नेपाल पत्रकार महासंघकाे साधारणसभालाई सम्बाेधन गर्दै सभामुख महराले पत्रकारले उत्प्रेरक तत्वको रूपमा समाजका बिकृती,बिसंगतिका विरुद्ध निरन्तर कलम चलाएर देशमा परिवर्तन अाएकाे बताउनुभयाे ।
समाजमा हुने खराब प्रवृत्ति र वेथितिविरुद्ध आवाज उठाउ“ंदै समाज रुपान्तरणमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताउदै राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक, लैंगिक तथा हरेक क्षेत्रका मुद्दाहरुलाई उठान गर्दा  मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो  ।
उहाँले संचार समाजको अभिन्न अंग भएको र यो विना आधुनिक समाजको कल्पना गर्न नसकिने बताउदै संचारजगतलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जाेड दिनुभयो ।
कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री गाेकुल बास्काेटाले श्रमजीवी पत्रकारको हकहितकाे लागि तथा प्रेस स्वतन्त्रतालाई संरक्षण र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पत्रकारिता तथा मिडियालाई  थप व्यवस्थित गराउन सरकारले नयाँ याेजना बनाउने बताउदै स्वतन्त्रताकाे सिमा नहुने तर मर्यादाको बारेमा भने बहस गर्न अावश्यक रहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय अनलाइन मिडियामा अफवाह र भ्रम फैलाउने समाचार अाएकाले यस्ताखाले समाचार प्रति नियमन गर्नुपर्नेमा जाेडदिनुभयाे ।
मन्त्री बास्काेटाले विज्ञापन प्रणालीमा समानता ल्याउने बताउदै विज्ञापन बोर्ड मार्फत  विज्ञापन वितरणकाे व्यवस्था मिलाउने सरकारकाे याेजना रहेकाे बताउनुभयाे । यसका लागि पत्रकारले अाफ्नाे मिडियालाई भने दरिलाे बनाउनुपर्ने बताउनुभयाे ।
 गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा परिवर्तनकाे निमित्त प्रेस स्वतन्त्रताले खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउदै अब पत्रकार विकास र समृद्धि प्राप्तिका लागी एकताबद्व भएर लाग्नुपर्नेमा जाेड दिनुभयो ।उहाँले गण्डकी प्रदेश आन्तरिक पर्यटन बर्ष शुरु भएको घोषणा समेत गर्नुभएको थियो ।

कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालकाे लाेकतन्त्र र गणतन्त्रको जग प्रेस स्वतन्त्रता भएको बताउदै प्रेस स्वतन्त्रतालाई संरक्षण र मर्यादित बनाई प्रेस विश्वसनीयता सुनिश्चित गर्नुपर्नेमा जाेड दिनुभयो ।
कार्यक्रममा नेकपाका नेता याेगेश भट्टराई,नेपाली काङ्ग्रेसका कुमार खड्का ,राजपाका लक्ष्मणलाल कर्ण नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु,प्रेस संग सम्बन्धि संगठनका प्रतिनिधिहरु लगाएतले बाेल्नुभएकाे थियो ।

नेपाल पत्रकार महासंघकाे साधारण सभा भाेली सम्म चल्नेछ । भाेली बिहीबार पत्रकार महासंघकाे विधान संसाेधन माथि छलफल हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!