अजोड इन्स्योरेन्सको बिमा अभिकर्ताको आधारभुत तालिम कुश्मामा - News site from Nepal

पर्वत । अजोड इन्स्योरेन्स लिमिटेड कुश्मा शाखाको आयोजनामा यहि चैत्र २ र ३ गते कुश्मा बजारमा बाली तथा पशुपक्षि सम्बन्धी बिमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न भएको छ ।
तालिमको अबसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बिमाको परिचय, बिमा ब्यावसायको बर्तमान अबस्था र चुनौति देखि यस क्षेत्रको बिकास र बिस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका लगायतका बिषयमा आफ्नो धारणा राख्नुभएको थियो । त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेलले बाली तथा पशुपक्षि बिमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेबारीको बिषयमा प्रकाश पार्नुभएको थियो । अभिकर्ताले कहिल्यै पनि गलत सुचना दिने र बिमकलाई घाटा हुने काम गर्नु हुँदैन भन्दै थप प्रष्ट पार्नुभयो ।। अजोड इन्स्योरेन्सको बाली तथा पशुपक्षि सम्बन्धी बिमा अभिकर्ताको आधारभुत तालिममा झण्डै ५० जना भन्दा बढी अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स कुश्मा शाखाका प्रमुख हरि सुवेदीले गर्नुभएको थियो । अजोड इन्स्योरेन्स लिमिटेड बिगत फाल्गुन महिनादेखि कुश्मा बजारको लोकतान्त्रिक चोकमा रहेर पर्वत जिल्लामा हुने ननलाईफ इन्स्योरेन्सको काम गर्दै आएको छ । यसमा सवारी साधन, गाईबस्तु, पशुपंक्षि, बाली, घर तथा ब्यापार ब्यावसाय लगायतको इन्स्योरेन्स हुँदै आएको कुश्मा शाखाका प्रमुख हरि सुवेदीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!