पर्वत- समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरी जिल्ला समितिको मासिक बैठक जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा भएको वैठकमा जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुख तथा जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा निकट भविष्यमै हुन गईरहेको जिल्ला स्तरीय वक्तृत्वकला सम्वन्धमा विभिन्न निर्णयहरु तथा आगामी मासिक कार्यक्रमहरुको वारेमा समेत छलफल तथा अन्तर्किया भएको थियो। जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले समुदाय प्रहरी अन्तर्गत भएका मासिक कार्य प्रगतीको समिक्षा तथा प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो।
पर्वत जिल्ला वाट सफा सडक भन्ने नारालाई नमूनाको रुपमा प्रस्तूत गर्ने वताईएको छ । अन्तरकृयामा सहभगाीहरुले पर्वत जिल्लाका हाई वे तथा अन्य ग्रामिण सडकहरु सरसफाई गर्ने कार्यक्रमको प्रशंसा गरेका थिए ।
पर्वत जिल्लाका ७ वटै स्थानिय तहमा विगत एक महिनामा सम्पन्न गरेका गतिविधिहरुको वारेमा र आगामी दिनमा सामूदायिक प्रहरी साझेदारी कार्यक्रमले संचालन गर्ने कार्यक्रमको वारेमा वताईएको थियो ।
७ वटै पालिका वाट छनौट भई आएका सहभागिहरुका लागी जिल्ला स्तारीय वक्तित्वकला कार्यक्रम निकट भविश्यमा नै आदर्श अंग्रेजी आवासिय माध्यामिक विद्यालयमा संचालन गर्ने भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरी जिल्ला समितिको मासिक बैठक जिल्ला समन्वय समितिको सभाहलमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुख तथा जिल्ला समितिका पदाधिकारीहरुको उपस्थितमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा निकट भविष्यमै हुन गईरहेको जिल्ला स्तरीय वक्तृत्वकला सम्वन्धमा विभिन्न निर्णयहरु तथा आगामी मासिक कार्यक्रमहरुको वारेमा समेत छलफल तथा अन्तर्किया भएको थियो। जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले समुदाय प्रहरी अन्तर्गत भएका मासिक कार्य प्रगतीको समिक्षा तथा प्रस्तुतिकरण समेत प्रस्तुत गर्नु भएको थियो।