पर्यटन प्रर्वद्धनका लागि रणजित गाँउमा माघेसंक्रान्ति मेला ।। - News site from Nepal

माधब पराजुली,पोखरा
पोखरा महानगरपालिका वडा नं. १६ स्थित रणजित गाँउमा माघेसंक्रान्ति मेला शुरु भएको छ । नौ धारा सिद्ध वराह क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नौधारे सिद्धवराह यूवा क्लवले आफ्नो गाँउ आफै बनाउँ भन्ने मूलनाराका साथ मेला आयोजना गरेको हो ।
प्रचार प्रसारको अभावमा ओझेलमा परेको ऐतिहासिक धार्मीक महत्व बोकोको उक्त क्षेत्र लाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्य बोकेर मेला आयोजना गरिएको क्लवका अध्यक्ष शम्सेर बहादुर गुरुङले बताए । “पर्यटकीय सम्भावना बोकेको यस ठाँउको आवश्यक संरक्षण र प्रवद्र्धन हुन नसक्दा पछाडी प¥यौँ,उनले भने”प्रचार प्रसारको पनि कमी भयो पछाडी परेको यस ठाँउलाई चिनाउनका लागि मेला आयोजना गरेका हौँ” ।


“पर्यटनद्वारा ग्रामीण क्षेत्रको जीवनस्तर बढाउन जनचेतना ल्याउने र यस पर्यटकिय क्षेत्रको बृहत् ज्ञान तथा जानकारी आदान–प्रदान गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको हो । यस क्षेत्रलाई अहिलेसम्म पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नसक्दा सम्बन्धित क्षेत्रका बासिन्दाले रोजगारी गुमाउनुपरेको र समग्र राज्यको आयस्रोत समेत गुमेको स्थानियवासीको भनाई छ ।
मंगलवार बाट शुरुभएको मेलामा धेरै दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । मेला भर्न जाने दर्शक समेत नौ धाराको स्नान तथा सिद्ध वराहको दर्शन गरेका थिए ।
कार्यक्रममा भलिवल प्रतियोगिताका र छेलोफाल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितात्मक कार्यक्रममा उत्कृष्ट हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
भलिवल खेलमा २४ टिमको सहभागिता छ ।
उक्त माघेसंक्रान्ति मेलाको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरे । उद्घाटनका क्रममा उनले पर्यटन क्षेत्रको विकासले स्थानीयको जिवनस्तर उकास्न ठुलो सहयोग पुग्ने बताउँदै लुकेर रहेका पर्यटकीय क्षेत्रहरुको उजागर गर्ने बताए । प्रचार प्रसार र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ स्थानियवासीले आयोजना गरेको मेलाको प्रशंसा गर्दै उनले पर्यटकिय अथाह सम्भावना बोकेको यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले नयाँ योजना अगाडि बढाउने प्रतिबद्धता जनाए । सम्भावना बोकेका तर ओझेलमा परेको पर्यटकिय क्षेत्रहरुको पहिचान गरी सार्वजनिक गर्दै त्यसको चौतर्फी विकास गर्न सरकार लागिरहेको उनको भनाई थियो । पोखरा आएका पर्यटकहरुलाई यस क्षेत्रमा ल्याउनको लागि आवश्यक पूर्वाधार निर्माण गरि पर्यटकिय आगमनलाई बृद्धि गर्ने गरि यसको योजना बनाउनुपर्ने मन्त्री लम्सालको भनाई थियो । नौधारे बराहको अवलोकन समेत गरेका मन्त्री लम्सालले यस क्षेत्र र यहाँ अवस्थित पर्यकटीय स्थलको भौतिक पूर्वाधार विकासका साथै आवश्यक प्रचारप्रसार गर्न सकेमा ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिने सम्भावना रहेको बताए ।
नेकपाका आमन्त्रित स्थाई कमिटी सदस्य सोमनाथ (प्यासी) अधिकारीले सामाजिक एकता र विकास निर्माणको लागि स्थानियवासी एक जुटहुनुपर्नेमा जोड दिनुभयो ।


सोही अवसरमा पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष जिवन आचर्य,जिल्ला वन डिभिजन कार्यालय कास्कीका प्रमुख धञ्नजय गौतम लगाएतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!